Sky Dainik मंगलबार, भाद्र ०१, २०७८

काठमाडौं,भदौ १। गत २४ घण्टामा नेपालमा तीन हजार दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार ११ हजार पाँच सय ६५ जनाको पीसीआर र ६ हजार एक सय २४ जनाको एन्टिजेन गरी १७ हजार ६ सय ८९ जनाको नमुना परीक्षण गर्दा तीन हजार दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा थप २७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् भने योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय ५४ पुगेको छ ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३७ हजार दुई सय २९ पुगेको छ ।
यस्तै गत २४ घण्टामा एक हजार नौ सय २९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८७ हजार ६९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार आठ सय ७१ जना रहेका छन् । सक्रिय संक्रमितमध्ये ३६ हजार पाँच सय ७५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार दुई सय ९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।