पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

Sky Dainik बुधबार, आषाढ ३०, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार नौ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार एक सय आठ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई हजार १० जना र चार हजार नौ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ भने योसहित अहिलेसम्म नौ हजार चार सय ३० जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन्।

मन्त्रालयका अुनसार बितेको २४ घण्टामा एक हजार छ सय तीन जना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २४ हजार सात सय ११ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा चार सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार छ सय ४७ जना रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्