Sky Dainik बिहिबार, जेठ २७, २०७८

२७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार देशभर थप ३ हजार सात सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पछिल्लो २४ घण्टामा ५ हजार दुई सय ९३ जना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ८ हजार दुई सय ३८ पुगेको छ । ९ हजार नौ सय एक जनाको पीसीआर परीक्षण गर्दा दुई हजार आठ सय ७४ जना र ५ हजार तीन सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै हालसम्म नेपालमा पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार छ सय ८७ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार सात सय १४ पुगेको छ भने निको हुनेको कुल संख्या ५ लाख १५ हजार पाँच सय ९१ पुगेको छ ।
योसँगै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५ सय ४० जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १ सय २५ जना कोरोना संक्रमित भेटिएका छन् ।